सुटुक्क नेपाल आएर फर्किइन बलिउड अभिनेत्री जयाा

काठमाडौं । बलिउड अभिनेत्री जया पर्दा व्यक्तिगत भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी छिन् । पशुपतिनाथ मन्दिरमा गरेको पुरानो भाकल पूरा गर्न नेपाल आएको उनले बताएकी छिन् । उनी स्वदेश फर्किसकेकी छन् ।

मंगलबार नेपाल आएलगत्तै पशुपति क्षेत्र विकास कोषमा पुगेर उनले पूजाविधिका बारेमा जानकारी लिएकी छिन् । बलिउडमा संघर्ष गर्ने बेला सफलताका लागि पशुपति नाथको भाकल गरेको उनले बताएकी छिन् । भाकल पूरा गर्नका लागि अहिले काठमाडौं आएको उनले बताएकी छिन् ।

जया पर्दाले माँ, सञ्जोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दरलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित