अबकाशको मुखमा आईजीपी र एआईजीहरु भोजभतेरमा ब्यस्त, एआइजीहरुले दिए तस्करलाई खुलेआम छुट

policenn

 काठमाडौं । नेपाल प्रहरीमा कार्यकाल सकिन बाँकी रहेका आइजीपी र एआइजीहरु भोजभतेरमा ब्यस्त रहेका छन् । आइजीपी प्रकाश अर्यालसहितका १५ एआइजी र २ डीआइजी यही चैत २८ मा अवकाश हुँदैछन् । अर्याल छोराको ब्रतबन्धको भोजभतेरमा ब्यस्त छन् ।

 चैत ५ गते छोराको ब्रतबन्ध गरेका अर्यालले शुक्रबार आइजीपी निवास नक्सालमा १२ सय भन्दा बढी निम्तालुका लागि भोज आयोजना गरेका थिए । अर्का एआइजी देवेन्द्र सुवेदी पनि छोराको ब्रतबन्धको भोजभतेरमा ब्यस्त छन् ।

 अर्थमन्त्रायले खर्च कटौतीका लागि विदेश भ्रमणदेखि होटलहरुमा कार्यक्रममा रोक लगाइरहेको बेला अवकाश हुने बेलामा एआइजीहरुले अनुगमन गरेको भनेर २ करोड रुपैयाँ माग गरिरहेका छन् । अनुगमन गर्ने र इन्धन खर्च भनेर २ नम्बर प्रदेशका एआइजी बिजयलाल कायस्थ, १ नम्बरका पशुपति उपाध्याय, ४ नम्बरका कमलसिंह बम, ५ नम्बर प्रदेशका मधु पुडासैनीले अनुगमन गर्न जाने भनेर २ करोड रुपैयाँ प्रहरी हेडक्वाटरमा मागेका छन् ।

प्रदेशमा खटिएका एआइजीहरुले अवकाश हुने बेला तस्करहरुलाई खुलेआम छुट दिएको खुलासा भएको छ । अर्थमन्त्रालयले नै गत महिना ८० करोड राजस्व तस्करीका कारण गुमेको निष्कर्ष निकालेको छ । २ नम्बर प्रदेशका जिल्लाहरुबाट सबैभन्दा बढी तस्करी भएको अर्थ मन्त्रालयको निष्कर्ष निकालेको छ । १ नम्बरमा त्यसपछि बढी तस्करी भएको तथ्य अर्थले निकालेको छ ।

२ नम्बर प्रदेशका एआइजी कायस्थले बीरगंज, बारा, सिराहा, महोत्तरी, रौतहट र सर्लाहीका नाकाबाट खुलेआम तस्करीको लाइन चलाएको आरोप छ । जाने बेलामा बढीभन्दा बढी पैसा कमाउन उनले नाका नाकामा घुमुवा परिचालन गरी घुस संकलन गरेका नाकाबाट खुलेआम तस्करीको लाइन चलाएको आरोप छ । जाने बेलामा बढीभन्दा बढी पैसा कमाउन उनले नाका नाकामा घुमुवा परिचालन गरी घुस संकलन गर्दैआएका छन् । तर अवकाश हुने बेलाका एआइजीहरुलाई सरकारले तत्काल सरुवा नगरेका कारण पनि तस्करी मौलाएको छ । (नयाँ पेज)

प्रतिक्रिया

सम्बन्धित