२५ हजार ठगी गर्ने नक्कली बलिउड निर्देशक पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले हिन्दी फिल्ममा खेलाउने भनेर ठगी गर्ने २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले २४ वर्षीय विजय ठाकुर र करिष्मा बोहारा त्रिवेदीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुले हिन्दी फिल्मका लागि कलाकार छनोट भन्दै र्‍याडिसन होटलमा बोलाएर ठगी गरेका हुन्। प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर उनीहरुले ठगी गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । ललितपुरको सानेपामा चन्दन झाले सञ्चालन गरेको केटिएम फिल्म्मार्फत उनीहरुले १० जना नेपालीबाट पैसा उटाएका हुन्।

उनीहरुलाई होटलमा अडिसनका लागि भनेर बोलाइएको थियो। ‘बोर्ड टाइस’ नामक हिन्दी फिल्ममा खेलाउने भन्दै ठगी गरिएको अपराध महाशाखाले जनाएको छ। पछि उनीहरुले आफूहरु ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका हुन्।

युवराज त्रिवेदी र करिष्मा बोहाराले आफूहरु भारतीय डाइरेक्टर भएको भन्दै केटिएम फिल्म्समा सम्पर्क राखेका थिए। सो कम्पनीका सञ्चालक झाले कलाकार खोज्न सहयोग गरेका थिए। पछि उनीहरु ठग भएको खुलेपछि झाले नै उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएर पक्राउ गराएका हुन्।

युवराज भने भाग्न सफल भएका छन्। उनीहरु नक्कली डाइरेक्टर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। केही पीडितहरुले पनि प्रहरीमा उजुरी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित