सरकारका कारण पूर्वराष्ट्रपति यादवको मानहानी, घर खाली गर्न १५ दिने अल्टिमेटम

काठमाडौं : पूर्वराष्ट्रपति डा रामवरण यादवले घरभाडा नतिरेको भन्दै घरबेटीले १५ दिने अल्टिमेटम दिएका छन् । आजको नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी पूर्व राष्ट्रपति यादव बस्दै आएका घरका मालिकले हालसम्मको भाडा तिरी १५ दिनभित्र घर खाली नगरे कानुनी प्रक्रियामा जाने भन्दै सूचना प्रकाशित गरेका छन् । यो सूचना प्रकाशित भएसँगै पूर्व राष्ट्रपतिको बेइज्जत मात्र भएन सरकार समेत लज्जित हुनुपरेको छ । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । सरकारले पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई घर उपलब्ध गराउँदै आएको भए पनि यसरी लामो समयसम्म भाडा नतिर्दा बेइज्जतको सामना गर्नु परेको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । पूर्वराष्ट्रपति यादव ललितपुर-४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा-'सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’ विष्टले गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको जनाएका छन् । सूचनामा 'घरबहाल सम्झौता नवीकरण नगरी बहाल तथा विजुलीको बिल रकमसमेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्ने बसाउने कार्य भइरहेको' उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित