रेल चढेर किम जोङ उन पुगे बेइजिङ

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको तथ्य सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको उल्ले गरेका छन् । अमेरिकी सञ्चारमाध्यम ब्लुमबर्गले किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको बताएको छ। नाम नबताउने तीन जना अधिकारीले यो भ्रमणको पुष्टि गरेको ब्लुमबर्गले उल्लेख गरेको छ।

जापानको क्योदो समाचार संस्थाले उत्तरपूर्वी सहर दानदोङ हुँदै विशेष रेल चीन आएको भिडियो फुटेज देखाउँदै त्यसमा किम हुन सक्ने बताएको छ। साउथ चाइना मर्निङ पोष्टले उच्चस्तरीय भ्रमणका लागि बेइजिङसँगै चीन र उत्तर कोरियाली सीमामा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएको छ। सो समाचार पत्रले पनि भ्रमण किमकै हो भन्ने पुष्टि गरेको छैन।

यसअघि सन् २०११ मा किमका बुवा किम जोङ इल पनि रेल चढेर बेइजिङ आएका थिए। इल उत्तर कोरिया फर्किएपछि मात्र दुबै देशले भ्रमणबारे सार्वजनिक गरेका थिए। यदि उन चीन भ्रमणमा आएका हुन् भने सन् २०११ मा उत्तर कोरियाली शासक बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो।

प्रतिक्रिया

सम्बन्धित