भण्डारीका कारण धराशायी बन्दै लालिगुँरास सहकारी

surendralaliguras_2

ललितपुर । कुनै समय मिटरब्याजका नाइके महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यतिखेर धराशायी बन्ने अवस्थामा पुगेको छ । पुल्चोकमा रहेको लालिगुँरासले मनपरी ऋण प्रवाह गर्ने र आफन्तलाई ऋण मिनाहा गर्न थालेपछि सहकारी संकटमा पर्न लागेको हो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आफूखुसी आफ्ना नजिकका व्यक्ति र हुँदै नभएका व्यक्तिलाई समेत ऋण प्रवाह गर्दै आएका छन् ।

 एकातिर आफूलाई उत्कृष्ट सहकारी देखाउन गत बर्ष सरकारलाई साढे ३ करोड बढी राजश्व बुझाएको सहकारीले भित्री रुपमा भने गलत कार्य गर्दै आइरहेको प्रमाण भेटिएको छ । एकातिर भण्डारीले किर्ते ऋणी खडा गरेर आफूखुसी ऋण प्रवाह गर्ने देखि मनलाग्दी रुपमा ब्याजलाई साँवामा जोडी त्यसको पनि व्याज लिने सम्मका कर्तुत गरेका छन् भने अर्कोतिर अफन्तलाई भने उल्टै साँवा नै मिनाहा गरेको खुलेको छ ।
भण्डारीकी विश्वासीला सब्बु सिंह (भण्डारी) ले २०६९ साल कात्तिकमा ऋण लिएको देखिन्छ । त्यस यता करिव ५ बर्षको अवधिमा विभिन्न मितिमा गरि ९ पटक ब्याज बापतको रकम छुट गरी सहकारीलाई लाखौं रकम घाटा पु¥याएका छन् । सहकारीको नियम अनुसार ब्याज रकम समेत छुट दिएर ऋण दिनु भनेको सिधै गैर कानुनी कार्य हो । तर, अहिले भण्डारीले आफ्नो स्वार्थ पूर्तिका लागि सहकारीलाइ प्रयोग गरी यस्तै काम गर्न थालेका छन् ।
यसरी मनपरी रुपमा ऋण प्रवाह गर्ने र छुट दिंदै जाने हो भने लालिगुराँसको हालत पनि ओरियन्टल को–अपरेटिभ लिमिटेडकै अवस्थामा पुग्ने लालिगुँरासकै कर्मचारीहरु बताउँछन् ।

 यस अघि सहकारीले राम्रो काम गरेको प्रचार गर्ने नाममा गायक रामकृष्ण ढकालले ऋण नतिरेको र घर जफत गर्न लागिएको भन्दै सूचना निकालेर भण्डारीले मिडियामा ढकालको बद्नाम गराएका थिए । लालिगुँरास स्रोतका अनुसार भण्डारीले अझै पनि महेश सिंहको अवैध रकम सहकारीमा दोस्रो व्यक्ति खडा गरी राखेका छन् । भण्डारी र सिंह विरुद्ध सम्पत्ति सुद्दिकरण विभागमा मुद्दा परेपनि त्यतिखेर सुद्दिकरणका महानिर्देशक चुँडामणी शर्माले करोडौं असुलेर उनीहरुलाई जोगाएका थिए । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित