ओलीको निर्देशन लत्याउँदै भारतीय राजदूत

olirajdut

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँगको बिग्रिएको सम्बन्ध सुधार गरेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो सक्रियतालाई फेरि बढाएका छन् । एमाले र माओवादीका नेताहरूको सहयोगमा पुरीले सक्रियता बढाएका हुन् ।

 केही दिन अगाडि प्रधानमन्त्री ओलीले कुटनीतिक नियोगका प्रमुख र राजदूतहरूलाई जथवाभावी भेट्न र सार्वजनिक कार्यक्रमहरूमा नजान निर्देशन दिएका थिए । तर, ओलीको निर्देशनलाई अटेर गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भारतीय राजदूत पुरीलाई बोलाएर विशेष कार्यक्रम गरे ।

 राजदूत पुरीले पनि प्रधानमन्त्री ओलीको निर्देशनलाई उल्लंघन गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री राईले भारतको हिन्दूवादी संगठन राष्ट्रिय स्वयम् सेवक संघको अप्रत्यक्ष नियन्त्रणमा रहेको एक विद्यालयको उद्घाटन विराटनगरमा गरेलगत्तै नेपाल–भारत उद्योग वाणिज्य संघ (पूर्वाञ्चल शाखा) ले नेपालस्थित भारतीय राजदूतावासको विराटनगर क्याम्प अफिससँग संयुक्त आयोजनामा विशेष कार्यक्रम गरेको छ ।
विराटनगरमा सोमबार सम्पन्न स्कुल उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राईसँगै भारतीय राजदूत मञ्जीवसिंह पुरी र राष्ट्रिय स्वयमसेवक संघका सहकार्यबाहक दत्तात्रेय होसबोले उपस्थित थिए । स्कुल पशुपति शिक्षा प्रचार समिति (नेपाल) अन्तर्गत सञ्चालित छ । जुन राष्ट्रिय स्वयमसेवक संघसँग आबद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित