ओलीको भारत भ्रमण टोलीमा कसरी अटाए महानायक हमाल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण यहि २३ गते हुँदैछ । दुई दिने उक्त भ्रमण यस वर्ष अलि फरक हुने भएको छ । अहिलेसम्मका प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्री, सरकारी कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका कर्मचारीलगायतका सदस्यहरुको हुने गर्दथो । तर, यस पटक भने प्रधानमन्त्री ओलीले कलाकारलाई पनि भ्रमण टोलीमा सहभागी गराउने भएका छन् । त्यसैले पनि यस पटकको भ्रमण फरक जस्तो हुने भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँगै भारत भ्रमणमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । कलाकारहरुको सूची तयार भइनसकेको भए पनि महानायक राजेश हमाल भने टोलीमा पर्न सफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दिल्लीमा बलिउडका प्रतिष्ठित कलाकारहरुसँग पनि भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएकोले नेपाली कलाकारहरुलाई पनि साथमा लान खोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित