अमेरिकी सामानमा पनि २५ प्रतिशत भन्सार शुल्क बढाइने

काठमाडौं । विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाइदिएको छ। चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको हो।

चीनको यो कदमले सोमवार मात्रै आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ। अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको बेइजिङले जनाएको बीबीसीमा उल्लेख छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित