बाबुरामले गरे उदाहरणिय काम, सबै सरकारी सुबिधा परित्याग

Baburam-Bhattarai

 काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा बाहेकका सबै सरकारी सुविधा फिर्ता गर्ने निर्णय गरेका छन् ।

डा.भट्टराईका सहयोगी विश्वदीप पाण्डेका अनुसार आगामी वैशाख १ गतेदेखि पूर्वप्रधानमन्त्रीका रुपमा सरकारले उपलब्धगराएको सबै सरकारी सुविधा फिर्ता गर्न लागेका हुन् । डा।भट्टराईले कानून बनाएर उच्च अधिकार र भिआइपीहरूलाई के कति सुविधा दिने भन्नेबारेमा ठोस नीति आवश्यक रहेको बताएका छन् ।

पूर्वउच्च अधिकारी र भिआइपीहरूले अनावश्यक रुपमा धेरै सरकारी सुविधा लिएको भनेर आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री डा.भट्टराईले सबै सरकारी सुविधा राज्यलाई फिर्ता गर्ने निर्णय गरेका छन् । उनले यसबारेमा गृहमन्त्रीसँग भेटेर जानकारी दिएको सहयोगी पाण्डेले बताए ।

भिआइपी र पूर्वउच्च अधिकारीहरूले राज्यबाट ठूलो संख्यामा सुरक्षाकर्मी र अन्य भौतिक सुविधा लिएको भनेर आलोचना हुँदै आएको छ । नेता र प्रशासकहरूले पहुँचका आधारमा सरकारी सुविधा लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित