फर्निचर व्यवसायी बलुलाई गोली हान्ने सुभाष गुरुङ प्रहरी फन्दामा

subashdon_2

 बुटवल ।  रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बलु भनिने बसन्त पौडेललाई गोली प्रहार गरी फरार रहेका  सुभाष गुरुङ पक्राउ परेका छन् । गुरुङ्गलाई  पोखरा महानगरपालिका रामबजार कास्कीबाट पक्राउ गरिएको छ । उनलाई मंगलबार पक्राउ गरिए पनि बुधबार मात्र बुटवलमा सार्वजनिक गरीएको हो । 

 गुरुङलाई सिआईबिको टोली सहित संघिय प्रहरी ईकाई भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्याल बुटवलबाट समेत टोलि खटिएर पक्राउ गर्न सफल भएको हो  । बलुलाई  गोली हान्नका लागि सुबासले एक लाख रुपैयाँ लिएका थिए ।

  गुन्डा नाइके मनोज पुन र  समिरमान बस्नेतको समुहले बलुलाई ०७४ पुस २१ गते बलुको गोली हानेर हत्या गरेको थियो । पैसाको लोभमा आफुले बलुलाई गोली हानेको सुवासले प्रहरीसंग बताएका छन । उनले गोली हानेपछि १ लाख रुपैंया समेत बुझेका थिए ।पक्राउ परेका सुवासलाई कर्तब्य ज्यान,हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाहि  हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक केशब भट्टराइले बताए ।  हत्याका मुख्य योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसंगको मुठभेडमा मृत्यु भएको थियो भने समिरमान जेल भित्र रमाएर बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित