जनार्दन शर्माको घरमा विप्लवको रेड,प्रशासन लगाएर दमन गरेको आरोप

रुकुम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री जनार्दन शर्माको घरमा कालोझण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् ।

प्रशासन लगाएर आफ्ना नेता–कार्यकर्तामाथि दमन गर्न लगाएको भन्दै ‘नेकपा’ले मन्त्री शर्माको घर कब्जा गरेको दाबी गरेको छ । पार्टी्विरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको कारण चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । मन्त्री शर्माले नेता तथा कार्यकर्तामाथि दमन गरेको आरोप नेकपा रुकुमको छ ।

चुनाव प्रचारको क्रममा मन्त्री शर्मा जिल्लामै रहेको बेला नेकपाका नेता तथा कार्यकर्ताहरूले शुक्रबार राति ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानर र कालोझण्डा गाडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित