एयरपोर्ट भित्रका अवैध गतिविधिमा मन्त्रीका आँखा पुग्लान ?

airpotrn

  काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रका विकृतिलाई हटाउन पहल थाल्ने बताइरहँदा एयरपोर्ट भित्र भने एउटा गिरोहले अड्डा जमाएर बसेको छ । विमानस्थलका कर्मचारी र व्यापारीको समूहले एयरपोर्टमा अवैध क्रियाकलाप गरिरहँदा समेत मन्त्रीले त्यसबारेमा कुनै सुईंको पाउन सकेका छैनन् ।

 एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुर र व्यापारी सुवास श्रेष्ठका कारण एयरपोर्ट भित्र विकृति बढिरहेका छन् । छ महिना अघि उप निर्देशकबाट निर्देशकमा बढुवा भएका ठाकुरको दरबन्दी नेपालगञ्ज रहेपनि महादिर्नेशक सञ्जिव गौतमसँग मिलेमतो गरी उनी अन्तर्राष्ट्रिय विमानस्थलमा नै राज गरेर बसिरहेका छन् ।

 दश वर्षदेखि यहि बसेका उनले सुवास श्रेष्ठले सञ्चालन गरेको स्टराइलको पसलबाट मासिक रुपमा लाखौं असुल्दै आइरहेका छन् । चौधरी समूलाई विमानस्थल प्रवेश गर्न सहजै पास उपलब्ध गर्ने देखि एयरपोर्टको होडिङ बोर्ड हटाउँदा महानगरपालिकासँग मिलेर प्रहरीलाई दुरुपयोग गरेको काण्डमा समेत उनी मुछिएका थिए ।

 ठाकुरकै संरक्षणका कारण सुवास श्रेष्ठले नियम विपरित एयरपोर्ट भित्र अवैध धन्दा गर्दै आइरहेको स्रोतको दावी छ । विमानस्थल टर्मिनल भित्र यात्रु प्रस्थान तर्फको स्टेराइलकक्षमा सञ्चालन भइरहेको कफि सपमा विमानस्थल कार्यालयले गरेको सम्झौता विपरितका सामान विक्री भइरहँदा समेत उनी मुकदर्शक बनेका छन् ।

 पसलहरुबाट लाखौं कमिसन असुलेर उनले निमय विपरित चल्ने पसलहरुलाई उल्टै अदालत जान उक्साउँदै आएका छन् ।  विमानस्थल कार्यालयले दिएको अनुमति भन्दा बाहिर गएर यात्रुलाई महंगोमा सामान विक्री गर्ने गरेको आरोप श्रेष्ठको एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सपमाथि लाग्ने गरेको छ । उक्त पसलले चिया, कफि, पानी, कोल्ड ड्रिङ्स, विभिन्न विस्कुट, कुकिजका प्याकेट, सिलप्याक केक, चक्लेट, चुइगम, चुरोट, चिप्ससहितका सहितकासिमित खानेकुरा मात्रै बेच्न पाउने सर्त तोकिएको छ ।

 तर, कफी सपले विमानस्थलसँग गरेको सम्झौता विपरित अनुमति नै नपाएको बस्तु पनि विक्री गर्दै आइरहेको छ । कफि सपसँग एक वर्ष अगाडि नै विमानस्थल कार्यालयसँगको सम्झौता सकिए पनि ठाकुरकै मिलेमतोमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई आधार बनाई अझैसम्म पनि कफी सप सञ्चालनमा नै छ । श्रेष्ठले नै ठाकुरलगायतका कर्मचारीसँग मिली एयरपोर्टमा ५० भन्दा बढि होडिङ बोर्डहरू बनाएर एउटै बोर्डबाट वार्षिक दश लाखसम्म असुल गर्दै आएका छन् । जुन सरासर अबैध हो ।

 विदेशीहरूको आगमन हुने नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको स्वरूप नै बिग्रने गरी ठड्याइएका ती बोर्डहरू हटाउन सर्वोच्च अदालतले तीन वर्षअघि नै आदेश दिइसकेको थियो । तर, ठाकुले अझै हटाउने प्रयास गरेका छैनन् ।  यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित