सेमिनार आयोजना गर्दै एक्सपर्ट

expertकाठमाडौं । गुणस्तरिय शैक्षिक परामर्श क्षेत्रमा अब्बल ठहरिएको संस्थामध्ये एक हो एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि । काठमाडौंका पुतलीसडकमा रहेको एक्सपर्टले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई गुणस्तरिय शैक्षिक परामर्श गर्दै आइरहेको छ । दिन दिनै परामर्श प्रदान गरिरहेको एक्सपर्टले विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी शैक्षिक मेला र सेमिनारहरु आयोजना गर्दै आएको छ ।
सेमिनारको माध्यमबाट विद्यार्थीहरूलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरू र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरूको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागतलगायतका विषयमा परामर्श सेवा प्रदान गरिने एक्सपर्टका प्रवन्ध निर्देशक खेम संग्रौलाले बताए ।
विद्यार्थीहरुलाई ‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गर्नका लागि एक्सपर्टले अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई नेपालमा ल्याएर विद्यार्थीहरूसँग भालाकुसारी गर्ने अवसर प्रदान गर्दै आइरहेको छ । यस पटक पनि एक्सपर्टले २४ गते शनिबार सेमिनारको आयोजना गर्दै छ । आफ्नै कार्यालयमा आयोजन हुने उक्त सेमिनारमा अष्ट्रेलियाका सात वटा शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । सेमिनारमा Charles Sturt University, ECA Education Center of Australia, HCLMES Instiute, Melbourne Institute, Excelsia College लगायतका शैक्षिक संस्थाका प्रतिनिधिको उपस्थिति रहने एक्सपर्टले जनाएको छ ।
सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएर अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आएको तथा परामर्श क्षेत्रमा छुट्टैै पहिचान बनाई सकेको एक्सपर्टले विद्यार्थीहरुलाई परामर्श लिन सहज होस भन्नका लागि नेपाल तथा अष्ट्रेलियामा गरी एक दर्जन भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको छ । अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको एक्सपर्टमा सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरु आवद्ध हुनुहुन्छ । एक्सपर्ट अष्ट्रेलियाका लागि मात्र काम गर्ने संस्था भएको र एक्सपर्टले विद्यार्थीहरूलाई दिने परामर्श, सेवा र सुविधा, विद्यार्थीले अष्ट्रेलिया पुगेर पाउने सुविधा, विद्यार्थीको अध्ययन पछाडिको भविश्यलगायतका विषयमा पूर्ण जानकारी प्रदान गर्ने प्रवन्ध निर्देशक संग्रौला बताउँछन् ।
यतिमात्र होइन एक्सपर्टले विद्यार्थीहरूको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ । विद्यार्थीहरू अष्ट्रेलिया पुगेदेखि नै एक्सपर्टले विद्यार्थीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ । एक्सपर्टले २२ वटासँग सहकार्य गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित