हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

shree niwasविराटनगर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ। हिन्दु राष्ट्रको पक्षमा धारणा राख्दै आएका आचार्य पूर्वराजा ज्ञानेन्द्र निकट थिए ।

पूर्वराजा प्रदेश १ का धार्मिकस्थल भ्रमणमा आएका बेला गत साता आचार्य श्रीनिवास सँगै थिए। उनी हिन्दू धर्मको पक्षमा गतिविधि गर्ने शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित थिए। जतुवामा आजैदेखि श्रीमत भागवत सप्ताह पुराण आयोजना गरिएको थियो। यसैको तयारीका क्रममा आचार्य सक्रिय थिए।

बिहान करिब ३ बजेतिर शौचका लागि निस्किएका बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थल आसपास प्रहरी परिचालन गरी निगरानी बढाउनुका साथै आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित