वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, १–१ अंक बाँडे

dpl 2धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेल रद्द भएको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल तालिका थियो । तर वर्षाका कारण उक्त रद्द भएको छ।

खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाडेका छन्। हिजो राति र गएराति परेको वर्षाका कारण मैदान हिलाम्य भएपछि आजको पहिलो खेल प्रभावित भएको हो।

यो सँगै काठमाडौं ५ खेलमा ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ भने महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ। यी दुवै टोली यसअघि नै प्रतियोगिताको प्लेअफमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित