नेपालमा अन्तराष्ट्रिय ताल सम्मेलन हुने

काठमाडौ।  राष्ट्रिय ताल संरक्षण विकास समिती र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसि एण्ड इन्टरनेसनल अफेयर्स (एअाईडिअाइए)बीच अन्तराष्ट्रिय ताल सम्मेलन गर्ने वारे सम्झौता भएको छ । सम्झौता अनुसार ताल व्यवस्थापन र संरक्षण सम्वन्धि नेपालमा पहिलो अन्तराष्ट्रिय ताल सम्मेलन आगामि मार्च ७–८ तारिकमा काठमाडौमा आयोजना हुने भएको छ ।

 सम्झौता पत्र हस्ताक्षरको क्रममा राष्ट्रिय ताल संरक्षण विकास समितीका कार्यकारी निर्देशक लंकवहादुर शाहीले आयोजना हुदै गरेको सम्मेलन नेपालको ताल संरक्षण र विकासका साथ–साथै पर्यटन प्रर्वद्घनमा समेत कोसे ढुङ्गा सावित हुने वताए ।

 यस अन्तराष्ट्रिय ताल सम्मेलनले निती निर्माता , प्राज्ञिक तथा वैज्ञानिक समुदाय, दातृनिकाय, संचार जगत र निजी क्षेत्रको उलेख्य सहभागितामा ताल संरक्षण सम्वन्धि महत्वपूर्ण निती निर्माणमा सहयोग पुर्याउने उनको विश्वास छ । एअाईडिअाइएका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यस अन्तराष्ट्रिय ताल सम्मेलनको सफल आयोजनमा रणनितीक साझेदारका रूपमा आफ्नो संस्थाले आवश्यक भूमिका निर्वाह गर्ने वताए ।

 

प्रतिक्रिया

सम्बन्धित