चितवनको गीतानगरमा एनआईसी एशिया बैंक

nicचितवन । एन आई सी एशिया बैंकले चितवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर चोकमा एनआईसीले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल एवं बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एन आई सी एशिया बैंक लि। ले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताए ।
उक्त कार्यक्रममा बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी दिए ।

बैंकले हाल मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित