लमजुङमा गणक तथा सुपरिवेक्षक तालिम सम्पन्न

sudeepलमजुङ । वैशाख १ गतेदेखि देशभर एकैपटक नेपालमा नै पहिलो पटक आर्थिक गणना सुरु हुने भएको छ । नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यका साथ जापान सरकारको प्राबिधिक सहयोगमा केन्द्रिय तथ्याङले आर्थिक गणना गर्न लागेको हो ।
जिल्ला जिल्लामा गणना कार्यालयहरुको स्थापना गरी गणनाको कार्यक्रमलाई तिब्रता दिएको छ । आर्थिक गण्नामा विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान व्यवसायहरुको गणना गरिन्छ । यस्तै स्वास्थ्य, हुलाक र शिक्षा क्षेत्रका सरकारी निकायको समेत गणना गरिने जनाएको छ ।
यस गणनाले नेपालमा क्रियाशील सबै आर्थिक एकाइहरुको ठेगना, दर्ता तथा स्वामित्व स्थिति, पूँजी लगानी, ऋणमा पहुँच जस्ता विवरणहरु संकलन गर्नेछ । नेपालकै तथ्याङ्कीय इतिहासमा प्रथम पटक यस गणनामा कागजी प्रश्वाली फारम साथै अनलाईन सर्वेक्षण मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफै भर्न सक्नेछन् ।
यसैबिच आर्थिक गणना कार्यालय लमजुङले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सचेतना गोष्टी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले देको निति निर्माणमा यो गण्नाले सहयोग पु¥याउने बताए । उनले भने–‘जुन देशमा आर्थिक गणना भएका छन्, जुन देशका जनता कर तिर्छन तिनै देश सम्पन्न छन् । अब स्थानीय सरकारले पनि व्यवसायलाई व्यवस्थित गर्छ । त्यसको लागि यो गणनाले सहयोग पुग्ने छ ।’
यस्तै कार्यक्रममा जिल्ला गणना कार्यालयका प्रमुख जितेन्द्र रानाभाटले यो गणनाले देशको निति निर्माणमा योगदान पुयाउने बताउँदै जिल्ला स्थित सबै सरकारी कार्यालयका प्रमुख, संघ संस्था र व्यवसायीहरुलाई गणना सफल पार्न सहयोग गर्न अनुरोध गरेका छन् ।

जिल्ला आर्थिक गणना कार्यालय लमजुङमा गणक तथा सुपरिवेक्षक तालिम समेत सम्पन्न भइ सकेको छ । जिल्लाका ४ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा जम्मा २७ वटा गणक जानेछन् । वेसीशहर नगरपालिमा ५ जना, सुन्दर बजार नगरपालिकामा ४ जना, राईनश नगरपालिकामा ३ जना, मध्यनेपाल नगरपालिकामा ४ जना, दोर्दी गाउँपालिकामा ३ जना, दुधपोखरी गाउँपालिकामा २ जना, मस्र्याङ्दी गाउँपालिकामा ३ जना र क्ब्होलासोधार गाउँपालिकामा ३ जना रहेको जिल्ला गणना कार्यालयका ना.सु. विनोद प्रसाद अर्यालले जानकारी दिए ।
प्रत्येक ७ जना गणकलाई १ जना सुपरिवेक्षकले अनुगमन गर्ने जिल्ला आर्थिक गणना, लमजुङले जनाएको छ । गणनालाई प्रभावकारी बनाउन अनुगमन गर्ने, गणकलाई सचेत बनाउने तथा सचेतना लगायतका कार्यक्रम गर्ने जिल्ला आर्थिक गणना, लमजुङका सुपरिवेक्षक सुदिप रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित