अस्ट्रेलियामा नेपाली महोत्सव

nepali mahotsab in australiyaकाठमाडौं । अस्ट्रेलियाको उत्तरी डार्विन सहरमा पहिलोपटक नेपाल महोत्सव भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर समेत पारेर महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सहभागी हुन संघीय राजधानी क्यानबेराबाट अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, मेलबर्नबाट गैरआवासीय नेपाली संघको अन्तर्रास्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष शेष घले, उनकी पत्नी जमुना घले, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष तोनु घोताने, उपाध्यक्ष केशव कंडेल, सिड्नीबाट गैरआवासीय नेपाली संघका सचिव देव गुरुङ, पूर्वउपाध्यक्ष दिनेश पोखरेल, ब्रिसबेनबाट महासचिव नारायण कोइरालालगाएत यहाँका प्रवासी नेपाली नेताहरु पुगेका थिए ।

दस वर्षअघि डार्विनमा नेपाली समुदाय संगठित गर्ने इन्जिनियर राजु अधिकारी राजधानी क्यानबेराबाट बिहीबार नै डार्विन पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित