यसकारण कर्णालीमा मेरो पहिलो भ्रमण : प्रधानमन्त्री ओली

kp oli in surkhetकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन्। आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने–‘तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ ।’

अरुलाई अपजस दिने भन्दा पनि विकासका लागि आफै अघाडि बढ्नैपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरु भएको घोषणा गरे।

‘अव कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न’ प्रधानमन्त्री ओलीले भने–‘कर्णालीलाई विकासको मूलधारमा ल्याउनका लागि प्रदेश र संघीय सरकारले योजनाहरु बनाइरहेको छ।’ ओलीले विकासका दृष्ट्रिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाट गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित