अमेरिकालाई रुसको चेतावनी

Donald-Trump-and-Vladimir-Putinकाठमाडौं । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले सिरिया आक्रमणको ‘मिसन कम्प्लिट’ भनेको केही क्षणमै फेरि आक्रमण गर्ने चेतावनी दिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ’ भन्दै घुमाउरो पाराले चेतावनी दिएका छन् ।

डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए । रुसले यसको विरोध गर्दै आएको छ ।

राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि यदि राष्ट्रसंघको चार्टरको उल्लंघन गरेर यस्ता कारबाही हुने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति आउन सक्छ ।’

पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । दुबै नेताले शनिबार भएको आक्रमणले सिरियामा जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित