रिसको झोकमा युवतीको हत्या गर्ने तामाङ पक्राउ

tamangकाठमाडौं । गएराती बसुन्धारामा युवतीको हत्या गर्ने विजय तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई हत्या भएको २४ घन्टा नबित्दै पक्राउ गरेको हो । पक्राउ परेका तामाङले ढुंगा प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्। उनले रक्सी खाएर फर्किँदा कोठामा जान नमानेपछि ढुंगाले हानेर मारेको स्वीकारेका हुन् ।

सात महिनादेखि विजय तामाङ र ती युवती सँगै बस्दै आएका थिए। केही समय यता युवती अरुसँगै लाग्न थालेको तामाङले बयानका क्रममा बताएका छन्। हिजो साँझ सँगै मदिरा खाएर फर्कने क्रममा ति युवतीले कोठामा जान अस्वीकार गरेपछि तामाङले रिसको झोकमा ढुंगाले हानेको प्रहरी समक्ष बयान दिएका छन् ।

आइतबार राति करिब १० बजे बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या भएको थियो। मृतकको टाउकोमा हिर्काइएको डोब थियो।

प्रतिक्रिया

सम्बन्धित