भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट

Indian-Biratnagarविराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अपरिचित समूहले बम विस्फोट गराएको छ । सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । स्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन । बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए। मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अनुमतिविना भारतले केही समयदेखि विराटनगरमा राखेको उक्त कार्यालय हटाउन बेलाबेलामा आवाज उठे पनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।

२०६५मा कोशीमा बाढी आउँदा तटबन्ध फुटेर नेपाल र भारत दुवैतिर डुबान भयो। त्यो संकटको बेला आवागमन सुलभ बनाउने लगायत कारणले विराटनगरमा भारतको सम्पर्क कार्यालय खुल्यो। स्थिति पूर्ववत भइसक्दा पनि भारतले हटाउन चाहेको छैन।

यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने सुरक्षा स्रोतको भनाइ छ ।भारतीय कन्सुलरको कार्यालयलाई ‘नेकपा’ले आफ्नो निशाना बनाउँदै आएको छ । सो कार्यालय हटाउन साना कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित