एनआईसीको ऋणपत्र नेपाल स्टकमा सूचिकृत

nic asia logo tagline r_wकाठमाडौं । एनआईसी एशिया बैंकले जारी गरेको '९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२' नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमबार सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको बैंकले जनाएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले '९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२' धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।

बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको बैंकको दावी छ । उक्त ऋणपत्र तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । बैंकले जारी गरेको यस ऋणपत्रको लागी शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको यस बैंक प्रति भरोसा एवं विश्वसनीयता प्राप्त भएको बैंकको बुझाई छ ।

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा ‘एलए माइनस’ क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।

एनआसी १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरी मुलुककै सबैभन्दा ठूलो सञ्जाल मध्येको बंैक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित