सोल्टीको माजोङ क्यासिनोमा छापा ,८ नेपाली पक्राउ

casinomajong

 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारेको छ। प्रहरीले मंगलबार राति नेपालीहरु क्यासिनोमा रहेको भन्ने सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको स्रोतले वतायो । जसका क्रममा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली पक्राउ परेका छन्।

 क्यासिनोका मेनेजर बिनोद श्रेष्ठ, सञ्चालक ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरीलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
क्यासिनो माजोङले नेपाली जुवाडेहरुलाई भारतीय रासन कार्ड बनाएर जुवा खेलाउँदै आएको छ । क्यासिनो व्यवस्थापन नियमावलीमा क्यासिनोमा नेपालीलाई प्रवेश गराएको खण्डमा लाइसेन्स नै रद्द हुने प्रष्ट प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित