एनजिओकर्मी प्राध्यापकको गतिविधिले ठूलो प्रश्न र आशंका

tunepal

 काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो रकम लिएर गतिविधि गर्दै आएका कर्णले चैतको अन्तिम साता भारत पुगेर जर्मन राजदूतसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

 भारतस्थित जर्मन राजदूतसँग कर्णले गोप्य वार्ता गरेको उच्च स्रोतले जनाएको छ । त्यो गोप्य वार्तामा के कुरा भएको थियो केही बताइएको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णलाई डेनमार्कका लागि राजदूतमा नियुक्त समेत गरेका थिए । राजदूत भएसँगै कर्णले युरोपियन यनियनको इच्छाअनुसार नेपालमा क्रिश्चियन धर्मका पक्षमा लविङ र गतिविधि गर्दै आएको स्रोतको भनाई छ । कर्णले आफ्नै भाईको नाममा जागृत नेपाल नामक एनजिओ पनि चलाउँदै आएका छन् । 

 ‘मधेसमा कसरी द्वन्द्व बढाउन सकिन्छ ?’ भनेर पूर्वराजदूत एवम् प्रध्यापक कर्णले रिपोर्ट नै तयार पारेर युरोपियन युनियनलाई दिएको मधेसका जानकारहरू बताउँछन् । कर्णकै डिजाइनमा एनजिओकर्मी तुलानारायण साह, उनकी पत्नी रीता साह, दीपेन्द्र झासहितका अधिकारकर्मीले पनि युरोपियन युनियनकै इच्छाअनुसार काम गर्ने गरेको आरोप छ । यो समूहले नेपालमा हिन्दूधर्मविरुद्ध क्रिश्चियनहरूका पक्षमा गतिविधि गर्दै आएको पछिल्ला गतिविधिले देखाएको छ । 

 हुन त प्राध्यापक कर्णले क्रिश्यिनहरूको क्रिशमस डेलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने माग गरिसकेका छन् । उनको यो मागको हिन्दूधर्म मान्नेहरूले ठूलो विरोध गर्दै आएका छन् । केही दिन अगाडि अधिकारकर्मी रीता साहले पनि राष्ट्रिय जनावर गाईलाई काट्न पाउनुपर्ने भन्दै माग गरेकी थिइन् । रीता साहको गाई काट्न पाउनुपर्ने मागको मधेसका साथै हिन्दूधर्म मान्नेहरूले विरोध गरेका थिए ।

 
पूर्वराजदूत समेत रहेका प्रध्यापक कर्णलाई मधेसमा ‘असुरहरूको गुरु शुक्राचार्य’ भनेर उपमा दिएका छन् । मधेस र मधेसीका नाममा यो समूहले युरोपियन युनियनसँग करोडौं रुपियाँ डोनेसन ल्याएको छ । तर, मधेस र मधेसीका पक्षमा देखिने गरेर कुनै पनि काम गरेका छैनन् । उनीहरूले युरोपियन युनियनलाई मधेस र मधेसीको डाटा संकलन गरेर रिपोर्टका रुपमा दिने गरेको स्रोतको भनाई छ ।

  यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित