ओलीको चंगुलमा यसरी फसे प्रचण्ड

oliprachanda

 काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेत र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी एकीकरणका लागि ठूलो दवाव दिएका छन् । बस्नेत वन मन्त्री छन् । विना गृहकार्य प्रचण्डका विश्वासिला बस्नेतले नै प्रचण्डलाई एमालेसँग पार्टी एकीकरण गर्न दवाव दिएपछि समस्या उत्पन्न भएको हो ।

 प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक हैसियतबाट आत्तिएका माओवादीका नेताहरू पार्टी एकीकरण हुनु अगाडि नै माओवादीलाई एमालेसँग विलय गराउने अभियानमा लागेका छन् । ओलीले माओवादीका यी नेताहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो उद्देश्य पूर्ति गर्ने अभियानमा लागेको स्रोतको भनाई छ ।

  ओलीले प्रचण्डका विश्वासपात्र नेताहरूलाई आफूसँग नजिक गराएपछि माओवादीभित्र खैलाबैला भएको छ । माओवादीका एक नेताले भने,‘माओवादीभित्र विवाद उत्पन्न गराएर ओलीले आफ्नो स्वार्थपूर्ति गर्ने तयारी गर्नुभएको छ । ओलीका कारण एमाले र माओवादीबीचको पार्टी एकीकरण समस्यामा परेको छ ।’ ओलीले व्यक्तिगत ईगो राख्ने गरेका छन् । प्रचण्डले पार्टी एकीरणमा समस्या गराएको ओलीको निष्कर्ष छ । ‘केपी ओली जसरी हुन्छ माओवादीलाई एमालेमा विलय गराउन चाहनु हुन्छ’, स्रोतले भन्यो,‘प्रचण्ड पनि ओलीको चंगुलमा फस्नु भएको छ ।’  

 यता, माओवादीका नेता कृष्णबहादुर महरा आफ्नो राजनीतिक भविष्य भन्दा पनि सभामुख पद कसरी जोगाउने भनेर सक्रिय छन् । अब उनको उमेरका कारण पनि सक्रिय राजनीति गर्ने मुडमा महरा छैनन् ।
यद्यपि, माओवादीका नेता तथा उर्जामन्त्री वर्षमान पुन सकेसम्म एमाले र माओवादीबीच पार्टी एकीकरण नभए हुन्थ्यो भन्ने पक्षमा छन् । पुनले एमाले र माओवादीको पार्टी एकीकरणको विषयलाई रुचाएका छैनन् । त्यति मात्रै होइन एमालेका महासचिव ईश्वर पोखरेल पनि माओवादीलाई एमालेमा मिसाउन चाहँदैनन् । एमालेको अध्यक्ष बन्ने सपना देखेका पोखरेल जसरी हुन्छ माओवादीलाई भगाउने योजनामा छन् ।
त्यस्तै एमालेकै नेता बामदेव गौतम भने पार्टी एकीकरण गर्ने पक्षमा छन् । उनी प्रचण्डलाई अध्यक्ष बनाएर भविश्यमा प्रधानमन्त्री बन्ने लाइन अनुसार काम गरिरहेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित