सुन्धारा होटल व्यवसायी संघमा नयाँ कार्यसमिति चयन

hotelकाठमाडौं । सुन्धारा होटल व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ । चैत ३० गते भएको साधरणसभाले बुद्धिबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघले आज सुन्धारास्थित सिभिल मलमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा नयाँ कार्यसमितिको घोषणा गरेको छ । कार्यक्रममा नयाँ पदाधिकारीहरुको पदस्थापन तथा शुभकामना व्यक्त गरिएको थियो ।

नयाँ कर्यासमितिले उपाध्यक्षमा भविश्वर दुवे, महासचिवमा देवीप्रसाद कँडेल सचिवमा ईश्वर न्यौपाने र कोषाध्यक्षमा दिपक केसीलार्इ चुनेकाे छ । त्यसैगरी सदस्यहरुमा विजय गुरुङ, शंकर भण्डारी, नमन उपाध्याय, सरिता शेरचन, भगवती खरेल, उमाकान्त पंगेनी र राजेन्द्र फुयाँल चयन भएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्रिय गौरवको धरहरा निर्माण गर्न सरकारलाई दवाव दिएका थिए । बस्नेतले भने–‘ऐतिहासिक धरहरलाई जोगाउनु हामी सबैको कर्तव्य हो । पर्यटकीय हिसावले पनि महत्वपूर्ण रहेको सम्पदालाई छिटो भन्दा छिटो निर्माण गर्न महानगरपालिकाले पनि पहल गर्नुपर्छ र हामी पनि त्यसमा साथ दिन तयार छौं ।’

प्रतिक्रिया

सम्बन्धित