दुर्घटनास्थलबाट हटाइयो मालिन्दो एयरको विमान,अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु

mallindo

 काठमाडौँ । धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानेर अहिले त्रिभुवन बिमान स्थललाई सुचारु गरिएको छ ।

नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई तानिएको हो । विमान धावनमार्ग सकिएपछि १३० फिट दक्षिण पुगेको थियो । विमानलाई तानेर रनवेसम्म पुर्याइएको छ ।
विमानलाई पार्किङस्थलसम्म पुर्याएर उडान सुचारु गरिएको छ ।

विमानस्थल सुचारु भएपछि अन्तर्राष्ट्रिय उडान सुरु भएको विमानस्थल का प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । बिहिबार राती १० बजे देखि त्रिभुवन विमानस्थलको उडान रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित