अब प्रदेशबाटै हुन्छ उद्योग दर्ता

udyog-bivagकाठमाडौं । सरकारले दुई अर्बभन्दा कम पुँजी भएका उद्योगलाई प्रदेशमा दर्ता गराउने प्रक्रिया मिलाउने व्यवस्था गर्न लागेको छ । नेपालको संविधानले संघीय सरकारको अधिकार रहेका कतिपय कार्यसम्पादनलाई स्थानीयस्तरमा पु¥याउने योजनासहित उद्योग विभागले यस्तो प्रस्ताव मन्त्रालयमा पठाएको विभागले जनाएको छ ।

विभागले दुई अर्बभन्दा माथिका उद्योगमात्रै दर्ता गर्ने र त्योभन्दा कम लगानीका उद्योग प्रदेशस्तरीय उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गत रहेको निकायमा दर्ता गर्न स्वीकृती दिने प्रक्रिया मिलाउन लागेको जनाएको हो । विभागले सो व्यवस्था कार्यान्वयन गर्नका लागि मन्त्रालयमा प्रस्ताव समेत पठाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित