सिलवाल उठेकै ललितपुर क्षेत्र नम्बर १ मा गुनवहादुरले पनि दिए उम्मेदवारी, त्रिपक्षिय भिडन्त हुने

काठमाडौं। ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभाको चुनावमा व्यापारी गुनवहादुर थापाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । बाम गठवन्धनका उम्मेदवार रहेका पूर्व डीआइजी नवराज सिलवाललाई टक्कर दिने गरी थापाले उम्मेदवारी दिएको उनका समर्थकहरुले वताएका छन्। सो क्षेत्रबाट कांग्रेस नेता समेत रहेका अर्थराज्यमन्त्री उदय शमसेर राणाले पनि उम्मेदवारी दिएका छन् ।

 उम्मेदवारी दर्तापछी संचारकर्मीसंग कुरा गर्दै सिलवालले आफुमाथी राज्यसत्ताले अन्याय गरेको भन्दै न्यायको लागी आफु जनतासमक्ष आएको वताइरहँदा थापाले भने आफुलाई बिगत ८ बर्षदेखी नवराज सिलवालले प्रहरी शक्तिको चरमा दुरुपयोग गरी अन्याय दिँदै आएको तर राज्यले आफ्ना कुरा नसुनेपछि आफु जनतामाझ आएको वताएका छन् ।

  सिलवाललाई माओवादी केन्द्रको समेत समर्थन रहेको छ । सिलवालले नै उम्मेदवारी दिएको ठाउँमा तपाईंले किन उम्मेदवारी दिनु भयो भन्ने प्रश्नको उत्तर दिँदै थापाले भने -मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,म अहिलेसम्म कुनै पार्टीको सदस्य भएको छैन । मेरो उम्मेदवारी न्यायको लागि मात्र हो । नवराज सिलवालले ८ वर्षदेखि पदको दुरुपयोग गरेर मलाई तहसनहस बनाएका छन् । आर्थिक, सामाजिक र नैतिक रुपले मलाई ध्वस्त बनाए । राज्यले न्याय गरेन । म जनताको अदालतबाट न्याय खोज्न आएको हुँ । र, त्यसैले अन्याय गर्ने व्यक्ति नवराज सिलवाल विरूद्द उम्मेवारी दिएँ।'

  उनले भने,’ सामाजिक न्यायको लागि म पनि जनताको अदालतमा आएको छु । म को हुँ सिलवाल को हो भन्ने बारेमा पनि जनताको अदालतबाट फैसला हुने अपेक्षा गरेको छु । सत्यको लडाईंलाई चिरेर नवराज सिलवाललाई हराएर देखाउनेछु । समयले सावित गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित