असफलताको बाटोमा मन्त्री,बेतिथीमा आँखा चिम्लिए

rabindraadh

 काठमाडौं । नेकपा एमालेभित्र प्रचुर सम्भावना बोकेका युवा नेताका रुपमा चिनिन्छन्, रविन्द्र अधिकारी । उनै अधिकारी अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बनेका छन् । एमालेभित्रका अन्य युवा नेताहरूभन्दा छुट्टै स्वभावका अधिकारीलाई सानो गुटले घेराबन्दीमा राखेका कारण खुलेर काम गर्न सकेका छैनन् ।

 त्यति मात्रै होइन उनी सानोतिनो लोकप्रियताको पछाडि लाग्दा राम्रा काम गर्न नसकेको आरोप छ । त्यसो त उनी एनसेलको लाभकर प्रकरणमा पनि मुछिसकेका छन् ।
अधिकारी पर्यटनमन्त्री बन्नेवित्तिकै त्रिभुवन विमानस्थलमा दुई ठूला विमान दुर्घटना भएका छन् । दुईवटा भयानक दुर्घटना हुँदा पनि मन्त्री अधिकारीले विमानस्थलको सुधारमा ठोस कमद उठाउन सकेका छैनन् । दिनभरि ट्वीट गरेर रमाउन चाहने मन्त्री अधिकारीले विमानस्थलमा लापरबाही गर्ने कर्मचारीहरूलाई कारबाही गरेका छैनन् ।

 मन्त्री अधिकारीले संवेदनशील विषयहरूलाई ट्वीटमार्फत लिक गर्ने गरेको भनेर आलोचना पनि हुने गरेको छ ।

 बरु मन्त्री अधिकारीमाथि जुन कर्मचारीका कारण यति ठूला विमान दुर्घटना भए, उनीहरूलाई नै काखी च्यापेको आरोप छ । विमानस्थलभित्रको सुरक्षा व्यवस्था र कर्मचारीहरूको लापरबाहीलाई मन्त्री अधिकारीले नै संरक्षण गरेको आरोप लाग्न थालेको छ । निजी कम्पनीहरूको लोभ र लालचमा फस्न थालेको भनेर अधिकारीमाथि आरोप लाग्न थालेका छन् । मन्त्री अधिकारीले आधा घण्टामा हुने कामलाई २४ घण्टासम्म लगाएर एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल अबरुद्ध बनाएको आरोप छ ।

 विमानस्थललाई छिटो खुलाउनेभन्दा पनि सिंहदरबारमा बसेर ट्वीट गर्दै नेपाल र विमानस्थलका कर्मचारीको गल्ती छैन भन्नमै मस्त देखिए । उनको यो कार्यको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
चीनसँग निकटको सम्बन्ध रहेका अधिकारीलाई एमालेका उपाध्यक्ष वामदेव गौतमको कोटामा मन्त्री बनाइएको हो ।

 उपाध्यक्ष गौतमलाई आवश्यक पर्ने सबै सुविधा उनै मन्त्री अधिकारीले अहिले व्यवस्था गर्न थालेका छन् । हुन त मन्त्री अधिकारी आफ्नो झण्डावाल गाडीलाई पशुपतिनाथ मन्दिरको निषेधित परिसरभित्रै घुसाएर ठूलो आलोचना खेप्न बाध्य भएका छन् । पशुपति क्षेत्रमा गाडी निषेधको नियम मन्त्री अधिकारीले लागू नगरेको आरोप छ । नियम भनेको आमजनताले मात्र मान्नुपर्ने रहेछ भनेर अधिकारीको आलोचना भएको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित