नेपालमाथि भारतको हस्तक्षेप कहिलेसम्म ?

ssbकाठमाडौं। नेपालको हरेक क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएको छिमेकी मुलुक भारतले सिमा क्षेत्रमा अझै पनि नेपालीलाई अप्ठेरो पार्न छाडेको छैन । कहिले सिमामा नेपालीलाई दुःख दिने त कहिले नेपाली भूमिमा आएर अड्डा जमाउँदै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पछिल्लो पटक कैलालीको पुनर्वास नगरपालिका–९ का स्थानियबासीलाई अप्ठेरोमा पारेको छ ।

त्यहाँका स्थानीयले जंगली जनाबर नियन्त्रणका लागि विद्युतीय तारबार गर्न खोज्दा एसएसबीले अवरोध सिर्जना गरेको हो । विद्युतीय तारवार लगाउने पूर्वसहमति भएपनि बिहीबार एसएसबीले त्यसमा अवरोध गर्यो । एसएसबीले तार बार लगाउन दिन त परै जाओस् उक्त कार्यका लागि गाडेको पोल समेत उखलेर फलिदिएको छ । हामीलार्इ प्राप्त भिडियाेमा नेपाल प्रहरीले त्यसलार्इ राेक्न खाेज्दा समेत एसएसवीका फाैजले उनलार्इ हकारेकाे प्रष्ट देख्न सकिन्छ ।

१९५ नम्बर सीमास्तम्भ नजिक तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएको वडाध्यक्ष नारायण जैशीले जानकारी दिए । यस अघि पनि भारतीय पक्षले नेपालमा आफ्नो स्वार्थ अनुकुल काम गर्दै आएको छ । आफू भन्दा कमजोर भएको ठान्ने भारतले नेपालमाथि प्रत्यक्ष हस्तक्षेप गर्दै आएको छ । र, पनि नेपाल सरकारले त्यसको प्रतिरोध गर्न सकेको छैन । कहिले नेपाली जमिनमा डोजर ल्याएर चलाउने त कहिले सिमा स्तम्भ नै सार्ने काम भारतीय पक्षबाट भएका छन् ।

भारतीय प्रधानमन्त्री नेपाल भ्रमणको तयारीमा छन् । आफूले भने अनुसारको संविधान जारी नगरेको भन्दै नेपालमा अघोषित नाकाबन्दी लगाएका मोदी समक्ष राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षको दादागिरीको विपक्षमा आवाज उठाउन सक्नुपर्छ । नत्र भने प्रधानमन्त्री ओलीलाई पनि जनताले साथ दिने छैनन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया

सम्बन्धित