सेक्सी दीपिकालाई सुहाउला द्रौपदीको रोल ?

Deepika-Padukoneकाठमाडौं । बलिउड अभिनेता आमिर खानले बनाउन लागेको फिल्म ‘महाभारत’ मा सेक्सी नायिकाको छवी बनाएकी दीपिकाले द्रौपदीको भूमिका निर्वाह गर्ने भएकी छन् । आमिरले श्रीकृष्णको भूमिका गर्नेछन् भने दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने सम्भावना छ । त्यसैले पनि यो फिल्पको औपचारिक घोषणा हुनु अघि नै चर्चा हुन थालिसकेको छ ।

यस विषयमा दीपिकासँग आमिरले अनौपचारिक कुरा गरिसकेको बताइन्छ । तर, दीपिकाले एस वा नो भनेकी छैनन् । ऐतिहासिक विषयमा आधारित फिल्म पद्मावतले व्यापक विवाद झेल्नुपरेको हुनाले उनी यसमा अक्मकाएको भारतीय एक अनलाइनले जनाएको छ ।

यदी दिपिकाले यो प्रोजेक्ट स्वीकार गरिन् भने आमिरसँग उनको यो पहिलो फिल्म हुनेछ । तीन खानमध्ये दिपिकाले अहिलेसम्म शाहरुख खानसँग मात्रै काम गरेकी छिन् ।

महाभारतमा रिलायन्स इन्डष्ट्रीका मालिक मुकेश अम्बानीले एक हजार करोड भारु लगानी गर्ने चर्चा छ । उनी यो फिल्मको को प्रोडयूसर पनि हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित