मोदी आउनु अघि भारतविरुद्ध किन खनिए प्रधानमन्त्री ओली ?

kp_oliबुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले जमीनमा मात्रै नभई आकाशमा समेत कञ्जुस्याइँ गरिरहेको बताएका छन् । भारतले आकाशमा एउटा मात्रै बाटो दिएको भन्दै प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताए ।

प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ । भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

भारतीय प्रधानमन्त्री नरेद्र मोदी नेपाल भ्रमणमा आउने चर्चा चलि रहँदा प्रधानमन्त्री ओली भने भारतसँग रुष्ट देखिएका हुन् । आज संसदमा उठाएको यो विषय प्रधानमन्त्रीले समकक्षी मोदीसँग राखेको खण्डमा त्यसको समाधान हुने देखिन्छ । हुन त ओलीले आफ्नो भारत भ्रमणका बेला यो विषयमा आवाज उठाएको बताइसकेका छन् । तर, अहिले पनि यो दोहोर्याउनु जरुरी देखिन्छ ।

प्रधानमन्त्री ओलीले संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमिमा रहेको प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुशि लागेको बताए। सम्बोधनका क्रममा उनले भने,‘यो बुद्धभूमि ज्ञानको केन्द्र त छँदैछ। यसलाई हामीले संसारको आराध्य पर्यटन केन्द्रका रुपमा विकास गरी देशको समृद्धिकोसमेत सहयोगी बनाउन सक्छौं।’ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहका लागि रुपन्देही पुगेका प्रधानमन्त्रीले बुटवलमा प्रदेश सभालाई सम्बोधन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित