राष्ट्रपति भण्डारीद्वारा देशकै सबैभन्दा ठूलो सभाहलको शिलान्यास

bidhyaबुटवल । २ वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदिएको निर्देशन अनुसार बन्न लागेको देशकै सबैभन्दा ठूलो सभाहलको शिलान्यास भएको छ । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् । देशकै ठूलो

२ वर्षअघि प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो । करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ ।

लुम्बिनी विकास कोषले तीन हजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभाहलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित