सुरक्षा निकायका प्रमुखहरुलाई लिएर गृहमन्त्री किन पुगे जनकपुर ?

badalकाठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ आज जनकपुर पुगेका छन् । गृहसचिव देवकुमार राई, गृहप्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखलाई लिएर मन्त्री थापा जनकपुर पुगेका हुन् । सो अवसरमा गृहमन्त्री थापाले जनकपुरस्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटनाबाट सिधै जनकपुर आउने भएपछि गृहमन्त्री थापा भ्रमण तयारीका लागि सुरक्षाव्यस्था बुझ्ज जनकपुर पुगेका हुन् । गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण राजनीतिक नभएर धार्मिक र साँस्कृतिक रहेको बताएका छन् । १२ विघाको अनुगमनका क्रममा उनले प्रधानमन्त्री मोदी जनकपुरको दर्शन गरेर मुक्तिनाथ जाने र त्यसपछि काठमाडौं आउने जानकारी दिए । त्यसका लागि संघीय र प्रदेश दुबै सरकारले भ्रमणको तयारी गरेको बताए । उनले चुस्त सुरक्षा प्रबन्ध मिलाउन तीवनटै सुरक्षा निकायका प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रधानमन्त्री मोदीको जानकी मन्दिरको दर्शनपछि १२ विघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दन कार्यक्रममा एक लाख बढीको सहभागीता गराउने प्रदेश सरकारले तयारी गरेको छ । नागरिक अभिनन्दनपछि मोदी मुस्ताङ दर्शन गर्ने र त्यसपछि काठमाडौं जाने कार्यक्रम रहेको छ । मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित