दुई युवतीसहित पक्राउ परेका भारतीय सुटर किन नेपाल छिरेका थिए ?

काठमाडौं। काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित  पक्राउ परेका २ जना भारतीय सुटर रक्सौल हुँदै हिजो मात्र काठमाडौं छिरेको खुलेको छ ।

कमलपोखरी प्रहरीका प्रमुख डिएसपी कुलदिप चन्दको टोलिले भारत पञ्जावका जसवित सिंह र हर देवेन्द्र सिंह नाम गरेका भारतीय नागरिकलाई हतियार र ठूलो परिमाणको गोलीसहित पक्राउ गरेको हो । उनीहरु भारतीय पीबी १० एफएस ७४४९ नम्बर प्लेटको निजी कार लिएर नेपाल आएका थिए। उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको प्रहरीले जनाएको छ ।  दुई युवतीसहित पक्राउ परेका उनीहरुले होटेलमा बिबाद हुँदा गोली चलाएका थिए । हतियार र ठूलो परिमाणको गोली बोकेर उनीहरु किन आए भन्ने बारेमा अनुसन्धान भइरहेको एसएसपी रविन्द्र धानुकले बताए।

उनीहरु नेपालमा कसैको हत्याको योजनासहित आएको प्रहरीको आशंका गरेको छ।उक्त हतियार लाइसेन्स प्राप्त हो वा होइन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित