यातायात व्यवसायी महासंघका महासचिव सिटौला पक्राउ

sarojsitaula

 काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले भृकुटीमण्डपबाट सिटौलालाई पक्राउ गरेको हो ।

 त्यस्तै,रुपन्देही प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितीका उपाध्यक्ष जीवनकुमार बन्जाडेलाई पक्राउ गरेको छ। सार्वजनिक सवारी बन्द गर्ने यातायात व्यवसायी समिती र संघका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबाहदुर थापाले निर्देशन दिए पछी उनीहरु पक्राउ परेका हुन ।

 यातायात व्यवसायी समितीले यातायतमा सिन्डिकेट लागु गर्न  देशभर सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःखदिएका छन्। तर सरकारले त्यसबिरुद्द कडाइ गर्ने जनाइसकेको छ। 

प्रतिक्रिया

सम्बन्धित