चितवनका केरा किसानमाथि एक पछि अर्को बज्रपात

keraतवन । जिल्लाका केरा किसानहरुलाई एक पछि अर्को समस्याले सताएको छ । केही समय अघि आपराधिक समूहले केराका बोट काटेका कारण नोक्सानी ब्यहोरेका किसानहरुमाथि अहिले अर्को बज्रपात थपिएको हो । उनीहरुमाथि फेरि अहिले प्राकृतिक विपत्ती आइलागेको छ । आइतबार साँझ आएको हावाहुरीसहितको असिनाले कालिका नगरपालिकाको पदमपुरमा ८० प्रतिशतभन्दा बढी केरा खेती पूर्णरुपमा नष्ट भएको छ । यसबाट करोडौंको क्षति भएको किसानहरुको भनाई छ ।

kera 2चितवनमा यसपटक अधिकांश केरा किसानले बीमा गराएका छैनन् । अघिल्लो वर्ष २२ करोडको बीमा गरिएको थियो ।यसपटक बीमाका लागि १७ करोड रकम आएपनि किसानहरु त्यसतर्फ आकर्षित भएनन् । जसले गर्दा क्षतिको मार किसानले नै भोग्नुपर्ने अवस्था आउँदा उनीहरु झन समस्यामा परेका छन् ।

पूर्वी चितवनका पदमपुर, रत्ननगर, पिठुवा, जुटपानी चैनपुर, पश्चिम चितवनका जगतपुर, मंगलपुर र भरतपुर महानगरपालिका १ ठिमुरामा केरा खेती फस्टाएको छ । हावाहुरीसहितको असिनाले कालिका नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म बढी क्षति पुर्‍याएको छ । केराका साथै मकै, तरकारी एवं फलफूलमा पनि ठूलो क्षति पुगेको छ ।

makaiयस अघि झण्डै चार हजार केराको बोट काँटिदा पनि चितवन प्रहरीले त्यसको सुईको पाउन सकेको छैन । किसानहरु मर्कामा परेको प्रति कसैको ध्यान नगएको भन्दै किसानहरु आक्रोशित बनेका छन् । अहिलेको प्राकृतिक विपत्तिमा पनि सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित