प्रचण्ड भन्छन्–‘पार्टी एकताको टुंगो भोली लाग्छ’

prachanda1काठमाडौं । धकेलिंदै गएको माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकीकरणको मिति अव छिट्टै टुंगो लाग्ने भएको छ । माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्‍याउने जानकारी दिएका छन्। प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भइरहेका ‘वान अन वान’ बैठकले पार्टी एकतालाई सकरात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका थिए।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले पार्टी एकतालाई टुंगोमा पुर्‍याउन केही दिन भित्र संयोजन समिति बैठक बस्ने जानकारी दिए । बैठकमा प्रचण्डले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित