सुन काण्डमा प्रक्राउ परेका उपसचिवलाई चोख्याए डिजीले

khatrin

 काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरीहरुमाथि धमाधम कारवाही भए पनि सुन भित्रिएको मुख्य ठाउँ त्रिभुवन विमानस्थलको भन्सार र अध्यागमनका कर्मचारीहरु अहिलेसम्म पनि छानविनको दायरामा आएका छैनन् । गत बर्ष सिआईवीले बरामद गरेको ३३ किलो सुन काण्डपछि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपसचिव किशोर कुमार खत्रीसहित दुई जना पक्राउ परेका थिए । उपसचिव खत्रीसहित २ जना ४६६ ग्राम अर्थात ४० तोला सुनसहित पक्राउ परेका थिए ।

 तर, पक्राउ परि कारबाहीमा परेका क्षेत्रीलाई अहिले नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नियम विपरित हाजिर गराई काममा खटाएका छन् । प्रहरीहरु धमाधम पक्राउ पर्ने तर, पक्राउ परेका कर्मचारी कारबाहीमा परेकै अवस्थामा हाजिर गराएर काममा लगाउन थालिएपछि एयरपोर्टभित्र सुन तस्करीमा सघाउने कर्मचारीहरुको मनोबल बढ्न थालेको छ । यस विषयमा प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
खत्रीसँगै कतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल पक्राउ परेका थिए । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन् । रिमालले ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमा नै रिसिभ गरेका थिए । भन्सारका कर्मचारीले नै त्यो देखेपछि उनीमाथि सुराकी गरिएको थियो ।

 एराइभल एक्सरे मेसिनमा खत्री पक्राउ परेका थिए । विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुममा काम गर्ने खत्री आठौं तहका कर्मचारी हुन् । तर, अहिले उनलाई केन्द्रिय कार्यालयमा हाजिर गराएर काममा खटाइएपछि तस्कहरुको सेटिङ कहाँसम्म हुँदोरहेछ भन्दै कर्मचारीहरुले नै कुरा काट्न थालेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित