समाज कल्याण परिषद्का निर्देशक नै दोहोरो नागरिकताधारी , कीर्तेमा फसे


basnet

 काठमाडौं । समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेत दुईवटा नागरिकता लिएको काण्डमा फसेका छन् । दुईवटा नम्बर रहेको नागरिकता लिएका वस्नेतलाई महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा मगरले संरक्षण गरेकी छिन् । कारबाही गर्नुपर्ने निर्देशक बस्नेतलाई मन्त्री थापाले परिषद्को प्रशासन विभाग र योजना विभागको जिम्मेवारी दिएकी छिन् । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

 परिषद्का निर्देशक वस्नेतले दुईवटा नगरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पुगेर बयान पनि दिएका छन् । बयानमा वस्नेतले पुरानो नागरिकताअनुसार अवकास पाइसकेको बताएका छन् । उनले नयाँ नागरिकता अनुसार आगामी फागुन १५ गतेसम्म काम गर्न पाउनेछन् । बस्नेतले २०३५/११/२८ मा १८ वर्ष उमेर तोकी १२६९/०३५/०३६ नम्बरको पहिलो नागरिकता लिएका थिए । यसैलाई आधार मान्ने हो भने उनी २०१७ सालमा जन्मिएको र हाल ५८ वर्ष पुगिसकेको देखिन्छ ।

 तर, उनले २०४४/१०/११ मा नागरिकता टोलीबाट २/२०५ नम्बरको अर्को नागरिकता लिएका थिए । जसमा जन्म मिति २०१८/३/१५ उल्ल्ेख छ । सरकारी कर्मचारी भएर लाभका पदमा बस्न दोहोरो नागरिकता लिएर कीर्तेकाण्ड मच्चाएका निर्देशक बस्नेतलाई मन्त्री थापाले संरक्षण गरेकोमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र समाजकल्याण परिषदका कर्मचारीहरू छक्क परेका छन् । स्रोतका अनुसार मन्त्री थापालाई ठूलो आर्थिक प्रलोभनमा पारेर निर्देशक बस्नेत कारबाहीबाट जोगिएका छन् ।

 यसअघि नागरिकताको जन्ममिति कीर्ते भएको अभियोगमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सरकारले न्यायपरिषद्को सचिवमार्फत हटाएको थियो । तर, पराजुलीले भन्दा पनि गम्भीर अपराध गरेका निर्देशक बस्नेतलाई एमाले नेतृ एवम् महिला बालबालिका मन्त्री थापाले नै संरक्षण गरेको भन्दै आलोचना सुरु भएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित