मोदीको दुई दिने भ्रमणमा यसरी हुँदै छ सवारी व्यवस्थापन

modiwalking

 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमणलाई लिएर नेपालका सुरक्षा निकायप्रति अविश्वास गरे पनि आवश्यकता अनुसार सवारी बन्द गरेर मोदीको सवारीलाई सुरक्षित बनाउने तयारी सुरक्षा निकायले गरेका छन्। दिल्लीबाट सिधै जनकपुर आउन लागेका मोदी शुक्रबार बिहान ९ बजे जनकपुर आइपुग्ने छन ।

 मोदी जानकी मन्दिरमा पूजापाठ गरेर नागरिक अभिनन्दनका लागि १२ विघा मैदानमा पुग्नेछन्। नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गरेपछि मोदी त्यहाँबाट सिधै राजधानी फर्किने छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा ट्राफिक जाम कम हुनेगरीसवारी व्यवस्थापनको तयारी गरिसकेको छ । शुक्रबार दिउँसो १ बजे मोदी काठमाडौं आइपुग्ने छन भने लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै उनी ह्यात होटल पुग्नेछन् । दिउँसो ४ बजे मोदीलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यम्म रहेको छ।

 बौद्धस्थित ह्यात होटलबाट मोदी चाबहिल, गौशला, एयरपोर्ट, तीनकुने, बानेश्वर माइतीघर, भद्रकाली हुँदै सैनिक मञ्च टुँडिखेल पुग्नेछन्। यो अवधिमा सुरक्षाको अवस्था हेरेर सडक खाली गर्ने तयारी भएको छ। चार बजे मोदी टुँडिखेल पुग्नुभन्दा एक घण्टा अघिदेखि नै यो सडक खाली हुनेछ। राष्ट्रपतिसँग मोदी शीतल निवास पुग्दा लैनचोर, पानीपोखरी, महाराजगञ्ज क्षेत्रको सडक प्रभावित हुनेछ। राष्ट्रपतिसँग भेट गरेपछी मोदी फेरि बत्तीसपुतलीको द्वारिकाज होटलमा पुग्नेछन्।

 शीतल निवासबाट महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशला हुँदै द्ववारिकाज होटल पुग्ने छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अन्य नेताहरुसँग मोदीले द्ववारिकाज होटलमै भेट गर्ने कार्यतालिका रहेको छ। मोदीको दोस्रो दिन शनिबार काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको छ।

  शनिबार बिहानै बोद्ध, चाबहिल, मित्रपार्क, गौशला हुँदै एयरपोर्ट र तीनकुने क्षेत्रको यातायात प्रभावित हुनेछ। किनकी मोदी ह्यात होटलमा बास बस्छन ।

मोदी मुक्तिनाथको दर्शनपछि सिधै काठमाडौं फर्किने छन्। उनी मुक्तिनाथबाट फर्किएपछि पशुपति दर्शनको कार्यक्रम रहेकाले पुनः तीनकुने, एयरपोर्ट, गौशला र मित्रपार्क क्षेत्रको सवारी आवगमन प्रभावित हुने छ।  शनिबार दिउँसो २ बजेपछि मोदी नागरिक अभिनन्दनका लागि ह्यात होटलबाट राष्ट्रिय सभागृह पुग्नेछन्। शनिबार साँझ मोदी स्वदेश फर्किने छन्।

प्रतिक्रिया

सम्बन्धित