भोलीसम्म वर्षा जारी रहने मौसमविदहरुको भनाई

rainingकाठमाडौं । राजधानीलगायत आसपासका क्षेत्रमा आइतबार दिउसोदेखि परेको बर्षा अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् । अविरल वर्षाका कारण रामेछापको मन्थली अस्तव्यस्त बनेको छ भने बाढिमा परिन कक्षा ११ कि एक जना छात्रा बेपत्ता भएकी छन् । परिक्षा दिन हिडेका ७ जना विद्यार्थीलाई बाढिले बगएकोमा छ जनालाई उद्दार गरिए पनि उष्मा फुयाँल भने बेपत्ता छिन् । काठमाडौंमा पनि केही बेर पानी रोकिएजस्तो गरेपनि पुनः पर्ने क्रम जारी छ ।

पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविदहरुले जनाएका छन् । पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।

सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ भने विगत २४ घण्टामा ५५ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित