प्रतिव्याक्ति आय डेढ लाख पुर्‍याउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं : नेपाली कांग्रेसले पाँच वर्षभित्र अर्थतन्त्रको आकार ५० खर्ब र प्रतिव्याक्ति आय बार्षिक डेढ लाख रुपैयाँ पुर्याउने लक्ष्य सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि तयार गरिएको घोषणापत्रमा सो कुरा उल्लखे गरिएको हो । कांग्रेसले जारी गरेको घोषणपत्रमा आर्थिक विकासको संकल्प प्रस्तुत गरेको छ । जनताका मौलिक अधिकारहरु संस्थागत गरिरहेको अवस्थामा आर्थिक–सामाजिक उन्नतिको लागि कांग्रेस नै बिकल्प हो भन्दै पार्टीले संकल्प प्रस्तुत गरेको हो । प्रस्तुत घोषणपत्रमा कांग्रेसले नीतिगत सुधारहरुको व्यापक पहल, अभूतपूर्वस्वदेशी तथा विदेशी पूँजीकोपरिचालन, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति सुनिश्चित गर्ने बताएको छ । कम्युनिष्ट सरकारहरुका अस्थिर, अविश्वसनीय, भ्रष्ट र लोक–रिझ्याँइमा नै सीमित नीतिहरुले गर्दा मुलुकको वित्तीय अनुशासन ध्वस्त भएको भन्दै कांग्रेसले नै उत्तम बिकल्प भएको उल्लेख छ । घोषणापत्रमा आगामी १० वर्षभित्र नेपाललाई एउटा सम्मानजनक मध्यम आय भएको गतिशील राष्ट्र बनाउने संकल्पका साथ नेपाली कांग्रेस क्रियाशील रहनेछ । यसका लागि प्रचलित मूल्यमा कम्तिमा पनि एक दशकसम्म वार्षिक सात देखि दश प्रतिशत सम्मको आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष तीन देखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ । यो उद्देश्य पूर्ति गर्नका लागि नेपाली कांग्रेसलेउपयुक्त आन्तरिक तथा वाह्रय लगानीको वातावरण तयार गर्ने छ । नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले बृहत्राष्ट्रिय संकल्पलाई साकार पार्न नयाँ आर्थिक अवसरहरुको पहिचान गरी व्यापक उत्पादन बृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानको रुपमा अगाडि वढाउने छ । युवा र महिला उद्यमीहरुको परिचालन, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योगको द्रुत विकास, शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक लगानी परिचालन गरिने उल्लेख छ । कृषिको आधुनिकीकरण उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी, कृषिको व्यवसायीकरण गर्दै, कृषिमाथि आय तथा रोजगारीका लागि आश्रित जनसंख्या कम गर्दै लैजाने कांग्रेसको रणनीति हुनेछ । कांग्रेसले गाउँ, नगर तथा डायस्पोराका युवाहरुलाई प्रोत्साहन दिई उद्यमशीलता र स्वरोजगारीको प्रवद्र्धन गर्न एक “युवा उद्यम चुनौती कोष” को कार्यान्वयन गर्नेछ । नवीन सोच सहितको युवा जाँगर र उद्यमशीलता उपयोग गर्न यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीकोआफ्नैलगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता हुनेछ । महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउनको लागि सम्पत्ति र पैतृक सम्पत्तिमाथि महिलाकोहक सुनिश्चित गरिने पनि घोषणापत्रमा उल्लेख छ । गाउँ र नगरलाई जमिन, पानी, हावा, ध्वनि आदि सबैप्रकारका प्रदूषणबाट मुक्त गर्ने यसको लागि सार्वजनिक जमिनको अभिलेख राखी तिनको सुरक्षा गर्ने । एक घर—एक रुख, एक गाउँ—एक वन तथा एक नगर–अनेक उद्यान कार्यक्रमलाई दृढताका साथ लागू गर्ने कुरा पनि घोषणपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित