केपी ओली नेतृत्वको सरकार लम्पसारवादी : नेविसंघ

nsuकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि विरोध जनाउँदै सरकारको आलोचना गरेको छ। विरोधस्वरुप संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। विरोधका कारण केही समय ट्राफिक व्यवस्थापनमा समस्या परेको छ।

विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग समेत गरेका छन्। यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन्। केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित