अष्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्दै एक्सपर्ट

काठमाडौं : विगत १४ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले यहि कार्तिक १५ गतै बुधबार अष्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ । राजधानीको पुतलिसडकस्थित आफ्नै कार्यलयको सेमिनारहलमा आयोजना हुने उक्त सेमिनारमा फेब्रुअरी वा जुलाई इन्टेकका लागि अष्ट्रेलियामा पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ‘फस्ट ह्याण्ड इन्फरमेशन’ प्रदान गरिने एक्सपर्टका प्रबन्ध निर्देशक खेम संग्रौलाले बताए । दैनिक रुपमा परामर्श प्रदान गरि रहेको एक्सपर्टले अहिलेको सेमिनारमा भने विद्यार्थीहरुको करिअरलाई प्राथमिकतामा राखेको छ । सेमिनारको मुख्य उद्देश्य भनेको विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक हैसियत अनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु नै भएको संग्रौलाले बताए । सेमिनारमा तीनवटा अष्ट्रेलियन युनिभर्सिटि तथा इन्स्टिच्युसनहरुले सहभागिता जनाउँदैछन् । यसमा Charles Sturt University, Victoria University (ECA)  र TAFE  South Australia का प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्टले जनाएको छ । सेमिनारमा एक्सपर्टका डाइरेक्टर बद्री अर्यालको पनि सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित