कांग्रेसमा निधि र सिंहबीच भिडन्त

prakash man and bimalendra

 काठमाडौं । नेपाली कांग्रेसले आफूलाई मजबुत बनाउने बेला केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण संगठनभित्र ठूलो असर पर्ने देखिएको छ । सभापति शेरबहादुर देउवाको विरोध गर्ने बहानामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हरेक ठाउँमा असहयोग गरेपछि कांग्रेसका कार्यकर्ताहरुको मन खिन्न हुन पुगेको छ । पार्टीभित्रको विवाद मिलाउन नेता तथा कार्यकर्ताहरुले दवाव पनि दिइरहेका छन् । नेताहरुले अहिले कांग्रेसलाई मजबुत बनाएर जान सुझाव दिएका छन् ।

 केही दिन अगाडि नेविसंघले काठमाडौंमा गर्न लागेको कार्यक्रममा दुई समूहबीच भएको विवादले कांग्रेसका समर्थकहरुको चित्त दुखेको हो । पौडेल समूहको असहयोगपछि सभापति देउवाले नेविसंघको कार्यक्रमलाई हस्तक्षेप गर्नु परेको थियो । ‘कांग्रेसभित्र नेताहरुको विवाद मिलाउनु पर्छ । सधै आपसमा झगडा गरेर हुँदैन’, केन्द्रीय सदस्य दीपक गिरीले भने,‘अहिले भनेको कांग्रेसलाई मजबुत बनाउने हो । लड्न समय होइन । चित्त बुझेको छैन भने पार्टीभित्रै संघर्ष गरौँ ।’
सभापति देउवाले पदाधिकारी नियुक्ति गरेपछि पौडेल समूह आत्तिएर पार्टीभित्र असहयोगको राजनीति गरेको आरोप छ । नियुक्त भएका पदाधिकारीमा पौडेल समूहको पत्तासाफ भएपछि देउवालाई असहयोगको राजनीति सुरु भएको हो । देउवालाई असहयोग गर्नेमा पौडेल समूहका नेताहरु प्रकाशमान सिंह, डा.रामशरण महत, कृष्णप्रसाद सिटौला, गगन थापासहितका नेताहरु रहेका छन् ।

 नेता सिंहले भावी सभापतिका लागि गृहकार्य गर्ने भनेर संकेत गरेका छन् । सिंहले सभापतिको तयारी गर्ने जानकारी पाएपछि नेता पौडेलले पनि सिंहसँग दुरी बढाउन थालेको सोतले जनाएको छ । सभापतिको तयारी स्वरुप सिंहले आफैले पनि मिडिया चलाएका छन् । सिंहले अनलाइन र एफएम रेडियोमा लगानी गरेको एक नेताले दाबी गरे । 

 सभापतिको तयारी स्वरुप सिंहले नेता तथा कार्यकर्ताहरुलाई भेट्ने क्रम बाक्लो बनाएका छन् । उनले आफ्ना भावी योजनाहरु तल्लो तहका कार्यकर्तासम्म पु¥याउन सबै उपाय अपनाई रहेका छन् । पौडेल समूहका महामन्त्री डा.शशांक कोइराला, महेश आचार्य, डा.नारायण खड्का, डा.मीनेन्द्र रिजाल, दीपक गिरी, बद्री पाण्डेसहितका नेताहरुले देउवालाई सहयोग गर्ने संकेत गरेका छन् ।

 पदाधिकारी नियुक्तिमा विरोध नगरेर उनीहरुले पौडेलको पक्षमा नरहेको जानकारी दिएका हुन् । पौडेल समूहले आफ्ना नेता र कार्यकर्तालाई संरक्षण गर्न नसकेको आरोप छ ।
देउवा समूहबाट भरखरै उपसभापति बनेका विमलेन्द्र सहितका नेताहरुलाई रुचाइदैन । निधिले नै तीनवटा निर्वाचनमा कांग्रेसलाई हराएको आरोप छ । देउवालाई सबैभन्दा धेरै नोक्सानी अहिले निधिकै कारण भएको आरोप छ । निधि आफैले देउवालाई बाइपास गरेर गुट चलाउन थालेको एक नेताले बताए । गुट चलाउनका लागि निधिले आफ्नै लगानीमा एउटा अनलाइन पनि चलाउँदै छन् । त्यही अनलाइनको भरमा भावी सभापतिको तयारी गर्न लागेको भनेर आफू निकटका पत्रकार र नेताहरुलाई जानकारी गराइ सकेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित